युक्रेनमा कारमा विष्फोट, यही बहानामा रुसले आक्रमण गर्ने आशङ्का

युक्रेनमा कारमा विष्फोट, यही बहानामा रुसले आक्रमण गर्ने आशङ्का

२०७८, फाल्गुण ७ शनिवार

  • 1.0K
    SHARES

  • युक्रेनमा कारमा विष्फोट, यही बहानामा रुसले आक्रमण गर्ने आशङ्का

    लन्डन । रुससँग तनाव बढिरहेको बेला पूर्वी युक्रेनमा कार बम विष्फोट भएको छ । रुस समर्थित विद्रोही समूहको पकड रहेको युक्रेनको डोनेट्स्क शहरमा शुक्रवार कार बम विष्फोट भएको हो ।

    विस्फोट भएको गाडी क्षेत्रीय सुरक्षा प्रमुख डेनिस सिनेंकोवको भएको बताइएको छ । यसैगरी पूर्वी युक्रेनमै ग्याँस पाइपलाइनको एक भागमा आगो लागेको पनि अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

    यो विस्फोटबाट भएको क्षतिको पूर्ण विवरण आइसकेको छैन । यसमा कसको संलग्नता छ भन्ने पनि स्पष्ट भइसकेको छैन ।

    यद्यपि यही बहानामा रुसले युक्रेनमा आक्रमण गर्न सक्ने आशङ्का गरिएको छ । कुनै देश आफैँले आफ्नो क्षेत्रमा आक्रमण गर्ने र अरू कुनै देशलाई आरोप लगाएर त्यसको बदला लिन भन्दै जवाफी हमला गर्नुलाई ‘फल्स फ्ल्याग’ अभियान भनिन्छ । कारमा विष्फोट भएको यही बहानामा रुसले ‘फल्स फ्ल्याग’ अभियानमार्फत् युक्रेनमाथि आक्रमण गर्न सक्ने अमेरिकाले आशङ्का गरेको छ ।

    अहिले कार विष्फोट भएको यो घटनामा रुसले युक्रेन जिम्मेवार रहेको बताउँदै आएको छ । साथै रुस समर्थित समूहको नियन्त्रणमा रहेको क्षेत्रबाट बालबालिका र महिलालाई अन्यत्र पठाउन सुरु गरिएको छ ।

    रुस समर्थित समूहमाथि युक्रेनले छिट्टै ठूलो आक्रमण गर्न सक्ने भन्दै रुसले बालबालिका र महिलालाई अन्यत्र पठाएको हो । यद्यपि युक्रेनले भने आक्रमणको योजना नरहेको भन्दै रुसको भनाइको खण्डन गरेको छ । -एजेन्सी ।

    २०७८, फाल्गुण ७ शनिवार०९:३०:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार