विश्वकप क्रिकेट छनोटमा नेपालले फिलिपिन्ससँग खेल्दै

विश्वकप क्रिकेट छनोटमा नेपालले फिलिपिन्ससँग खेल्दै

२०७८, फाल्गुण ७ शनिवार

  • 1.3K
    SHARES

  • विश्वकप क्रिकेट छनोटमा नेपालले फिलिपिन्ससँग खेल्दै

    काठमाडौँ । विश्वकप क्रिकेटको छनोट अन्तर्गत ग्लोबल छनोटमा शनिवार (आज)नेपालले आफ्नो दोस्रो खेल फिलिपिन्ससँग खेल्दै छ।

    समूहको पहिलो खेल खेल्दै शुक्रवार ओमानमाथि रोमाञ्चक जित हासिल गरेको नेपालले दोस्रो खेल खेल्न लागेको हो। फिलिपिन्सले आफ्नो पहिलो खेलमा क्यानाडासँग ११८ रनको फराकिलो हार व्यहोरेको थियो।

    नेपाली समय अनुसार ११ :४५ मा सुरु हुने खेल ओमानको अलअमिरात क्रिकेट मैदानमा हुनेछ।

    समूहको बलियो टिम ओमानलाई हराएको नेपाल आत्मविश्वासी भएर मैदान छिर्ने छ।

    समूह ‘ए’ मा नेपाल र आयोजक ओमानसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरी आठ टिम छन्।

    समूह ‘ए’ लाई पनि  समूह १ र समूह २ मा विभाजन गरिएको छ। समूह १ मा नेपाल, ओमान, फिलिपिन्स र क्यानडा छन्। समूह २ मा बहराइन, जर्मनी, आयरल्यान्ड र युएई रहेका छन्।

    समूह १ र  २ का शीर्ष २–२ टिम सेमिफाइनल पुग्नेछन्। फाइनल पुग्ने दुई टिमले यही वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने विश्वकपमा स्थान पक्का गर्नेछन्।

    नेपालले विश्वकपमा स्थान पक्का गर्न सुरमा समूह १ को शीर्ष दुईभित्र पर्नु पर्नेछ। त्यसपछि सेमिफाइनलको खेल जिते नेपाल यही वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने टी–२० विश्वकपमा छनोट हुनेछ।

    नेपालले अर्को खेल क्यानडांसंग फागुन ९ खेल्नेछ । 

    २०७८, फाल्गुण ७ शनिवार०९:३६:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार