काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले एमसीसीबारे निर्णय नगर्दा अन्तर्राष्ट्रिय सम्बन्ध बिगारेको बताएका छन्।
शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले गठबन्धनले एमसीसीलाई ठगि खाने भाँडो बनाएको आरोप लगाएका छन्।
उनले भने, ‘एमसीसीलाई गठबन्धनले ठगी खाने भाँडो बनाउँदैछन्। एमसीसी पर सार्दैछन्। संसदमा पेश गर्नै सक्दैनन्। निर्णय गर्ने ठाउँमा त पुर्याउनुपर्योनी।’
ओलीले जनताका जनप्रतिनिधिले संसदमा छलफल गरेर निर्णयमा पुर्याउने स्पष्ट पारे। उनले देश चरम आर्थिक संकटमा परेको बताए। ओलीले भने, ‘सरकार ज्यूदैं त छ तर, चलिरहेको छैन।’
देश चलाउन सहज नभएकाले बाटो खाली गरिदिन गठबन्धनलाई चेतावनी समेत ओलीले दिएका छन् ।