नेकपा एसले एमसीसी सम्झौता संसदमा टेबल गर्न दिने

नेकपा एसले एमसीसी सम्झौता संसदमा टेबल गर्न दिने

२०७८, फाल्गुण ७ शनिवार

  • 1.9K
    SHARES

  • नेकपा एसले एमसीसी सम्झौता संसदमा टेबल गर्न दिने

    काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीले संसद सचिवालयमा दर्ता भएको एमसीसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा टेबल गर्न दिनुपर्ने निष्कर्ष निकालेको छ । यद्यपि यसका कतिपय प्रावधान संशोधन हुनुपर्ने पार्टीको अडान भने यथावत रहेको छ ।

    स्थायी कमिटीको शनिबार बसेको बैठकमा एमसीसीलाई पास वा फेल जे भए पनि छलफलका लागि टेबल गर्न दिनुपर्ने निष्कर्ष निस्किएको बताइएको छ ।

    सार्वभौम संसदमा छलफल भएर देशको हितका पक्षमा निर्णय हुनुपर्ने पार्टीले ठहर गरेको छ । एमसीसीका कारण गठबन्धन टुट्न नहुनेमा समेत नेकपा एसका नेताहरुको जोड छ ।

    संसदमा नेकपा एसका २३ सांसद रहेका छन् । 

    २०७८, फाल्गुण ७ शनिवार०५:४०:३७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार