एमसीसीका विषयमा साझाधारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

एमसीसीका विषयमा साझाधारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२०७८, फाल्गुण ८ आइतवार

  • 837
    SHARES

  • एमसीसीका विषयमा साझाधारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

    काठमाडौँ । एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ । बैठक बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

    बैठकले एमसीसी संसदमा पेस गर्ने कि नगर्ने भन्ने विषयमा साझा धारणा तय गर्ने बताइएको छ ।

    साझा धारणा बनाउने प्रयासमा यसअघि पटक–पटक बसेका सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन हुँदै आएका थिए ।

    माधवकुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टीले एमसीसी टेबल गर्न दिने निर्णय गरे सँगै नेकपा माओवादी केन्द्र दबाबमा परेको बुझिएको छ ।

    अमेरिकाले दिएको अन्तिम समय सिमा फागुन १६ मा सकिँदैछ ।  

    २०७८, फाल्गुण ८ आइतवार०७:५९:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार