काठमाडौँ । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहयोग परियोजना एमसीसीबारे अब प्रमुख प्रतिपक्षी नेकपा एमालेले जवाफ दिनुपर्ने बताएका छन् ।
आज बिहान गठबन्धनका चार दलका शीर्ष नेताबीच भएको छलफलमा एमसीसी संसदमा टेबल गर्ने सहमति भएको छ ।
आइतबार नै संसदमा एमसीसी टेबल गर्ने सहमति भएको जानकारी दिँदै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री कार्कीले भने, ‘केपी शर्मा ओली नेतृत्वको सरकारले एमसीसी परियोजना संसदमा दर्ता गराएको हो ।
सरकारको अविच्छिन्न उत्तराधिकारीको रुपमा आज हामीले संसदमा टेबल दर्ता गराउँछौँ । यसपछि प्रमुख प्रतिपक्षले त्यसको जवाफ दिनुपर्छ ।’