एमसीसी प्रतिनिधिसभाको कार्यसूचीमा 

एमसीसी प्रतिनिधिसभाको कार्यसूचीमा 

२०७८, फाल्गुण ८ आइतवार

  • 741
    SHARES

  • एमसीसी प्रतिनिधिसभाको कार्यसूचीमा 

    काठमाडौं । प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौता टेबल हुने भएको छ ।

    सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकले आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने निर्णय गरेको संघीय संसद सचिवालयले जनाएको छ । 

    कार्यव्यवस्था परामर्श समितिको निर्णयले एमसीसी सम्झौतालाई संसदको कार्यसूचीमा राखेको हो । आजको बैठकमा लोकसेवा आयोगसम्बन्धी विधेयक पनि पेश हुने छ । 

    बैठक अघि नेकपा माओवादी केन्द्रका तीन सांसद प्रमुख सचेतक देव प्रसाद गुरुंग, रेखा शर्मा र जयपुरी घर्तीले राष्ट्रिय सहमतिबिना एमसीसी टेबल नगर्न लिखित पत्र नै दर्ज गराएका थिए । 

    २०७८, फाल्गुण ८ आइतवार०१:३३:४५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार