प्रतिनिधिसभाको अर्को बैठक फागुन १२ गते

प्रतिनिधिसभाको अर्को बैठक फागुन १२ गते

२०७८, फाल्गुण ८ आइतवार

  • 713
    SHARES

  • प्रतिनिधिसभाको अर्को बैठक फागुन १२ गते

    काठमाडौं । प्रतिनिधिसभाको बैठक यही फागुन १२ गतेसम्मका लागि स्थगित गरिएको छ ।

    अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता टेबल भएसँगै बैठक फागुन १२ गते १ बजे बस्ने गरी स्थगित गरिएको हो । आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले विरोध कायम राखेका थिए ।

    एमसीसी सम्झौता संसद्को कार्यसूचीमा राखिएकोप्रति सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र), एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चाले पनि विरोध गरेको थियो ।

    त्यस्तै, एमालेका सांसद भीम रावल र नेमकिपाका सांसद प्रेम सुवालले पनि एमसीसी टेबल गर्न नहुने बताएका थिए । 

    २०७८, फाल्गुण ८ आइतवार०२:३२:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार