एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने

एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने

२०७८, फाल्गुण १० मंगलवार

  • 777
    SHARES

  • एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने

    काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले प्रतिनिधिसभामा पेस भएको एमसीसी परियोजना सम्झौताको विपक्षमा मतदान गर्ने भएको छ । 

    महासचिव वेदुराम भुसालले सोमबार जारी गरेको वक्तव्यमा पार्टीले एमसीसीसम्बन्धी प्रस्तावको विपक्षमा रहने निर्णय गरेको उल्लेख छ । 

    पार्टीको सोमबार बसेको सचिवालय बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

    प्रचार विभाग प्रमुख खतिवडाले संसद्मा पेस  भएको एमसीसीको विपक्षमा पार्टीले मतदान गर्ने र विपक्षमा मतदान गर्न अन्य पार्टीहरूलाई पनि वातावरण सिर्जना गर्ने बताउँदै सरकारमा बस्ने वा नबस्ने भन्ने कुरा समयले निर्धारण गर्ने पनि बताए ।

    उनले आफ्नो पार्टीका सबै सांसद र मन्त्रीहरूले एमसीसीको विपक्षमा मतदान गर्ने बताए ।

    २०७८, फाल्गुण १० मंगलवार०६:४०:१०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार