भट्टराई वंश दर्पण डिजिटल प्रविधिमा जोडिने

भट्टराई वंश दर्पण डिजिटल प्रविधिमा जोडिने

२०७८, फाल्गुण १० मंगलवार

  • 5.4K
    SHARES

  • भट्टराई वंश दर्पण डिजिटल प्रविधिमा जोडिने

    दमक । भट्टराई वंश दर्पण डिजिटल प्रविधिमा तयारी हुने भएको छ । 

    प्रारम्भिक तथ्यांक अनुसार जुम्लाको सिंजादेखि विश्वका ८८ वटा देशमा छरिएर रहेका करिब २९ लाख भट्टराई परिवारको लगत डिजिटलाईजेसन हुने भएको हो ।

    2nd.jpg

    सोमबार झापाको दमकमा बसेको प्रतिष्ठानको केन्द्रीय भेलाले डिजटलाईज गर्ने गरि वागमती प्रदेश समितिलाई संयोजनका लागि अख्तियारी दिएको छ । 

    परम्परागत अभिलेखलाई जिवन्त राख्दै प्रविधिमा जोडिएर मात्र सम्पूर्ण भट्टराईहरुको लगत तयार गर्न सकिने धारणा वागमती प्रदेश समितिका अध्यक्ष नारायण भट्टराईले  राखेका थिए । 

    3rd.jpg

    मालिङ्गो बॉसले कॉचो कागजमा लेखेर तयार गरिएको वंशावली सुनेको अघिल्लो पुस्तालाई डिजिटलाइज प्रणालीमा जानेकुरा नौलो भएपनि सोही दिशामा जान प्रतिष्ठान तयारी रहेको महासचिव चन्द्र प्रसाद भट्टराईले बताए । 

    5th.jpg

    भट्टराई वंशावली वि.सं २०२२, २०३२, २०४७ र २०७७ गरि ४ पटक प्रकाशन भए पनि सम्पूर्ण परिवारको अभिलेख कायम हुन नसकेकोमा नयाँ प्रविधिको माग समयले गरेको सचिव लोकनाथ भट्टराईले बताए । नयाँ प्रविधिमा प्रवेश गरिरहँदा कुल संस्कृति, परम्परा र आफ्नै मौलिकताको जगेर्ना गर्नमा भने सम्झौता हुन नहुने धारणा उनले राखेका थिए । 

    4th.jpg

    देशैभरि प्रतिष्ठानका जिल्ला जिल्लामा अखण्ड दिप प्रज्वलन, अक्षयकोष निर्माण र प्रविधि मैत्री वंश दर्पण निर्माण अभियान सॅगसॅगै संचालन गरिने केन्द्रीय अध्यक्ष शेर बहादुर भट्टराईले बताए । 

    भेलामा सह-अध्यक्ष दुर्गा भट्टराई, सचिव जिवराज भट्टराई, कोषाध्यक्ष मनोज कुमार भट्टराई लगाएतले महत्वपूर्ण सुझाव राखेका थिए । भेला उपलब्ध केन्द्रीय पदाधिकारी र वागमती प्रदेश समिति बिच केन्द्रीय कार्यालयमा ६ घण्टा चलेको थियो ।

    7th.jpg

    भेलाले ट्री वेसीसमा रहेर वंश दर्पण निर्माणका लागि केन्द्रीय नेतृत्व गर्न महासचिव चन्द्र प्रसाद भट्टराईलाई जिम्मेवारी समेत तोकेको छ ।वागमती प्रदेशको तर्फबाट एप्स निर्माणको नेतृत्व सहसचिव जेपी भट्टराईले गरिरहेका छन् ।

    eight.jpg 

    प्रतिष्ठानको सचिवालय बैठक आगामी फागुन १७ गते र परिषद बैठक चैत्र १९ गते बस्ने पनि बताइएको छ ।

     

    २०७८, फाल्गुण १० मंगलवार०३:२२:०७

    केशव भट्टराई

    प्रतिक्रिया
    सम्बन्धित समाचार