मुलुक सङ्गिन मोडमा उभिएको छ : महासचिव पोख्रेल

मुलुक सङ्गिन मोडमा उभिएको छ : महासचिव पोख्रेल

२०७८, फाल्गुण ११ बुधवार

  • 909
    SHARES

  • मुलुक सङ्गिन मोडमा उभिएको छ : महासचिव पोख्रेल

    काठमाण्डौ । नेकपा (एमाले) का महासचिव शङ्कर पोख्रेलले एमसीसी परियोजनाका बारेमा सरकारभित्रै दोहोरो चरित्र देखाउने काम भएको बताएका छन् ।

    दाङको लमहीमा आयोजित पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा उनले पाँच दलीय गठबन्धन सरकारको दोहोरो भूमिकाको विरोधमा एमाले रहेको बताए ।

    “सरकार एउटा दृष्टिकोण बोकेको हुनुपर्ने हो । प्रधानमन्त्रीय प्रणालीमा सरकारले दुईवटा कुरा बोक्ने कुरा स्वीकार्य हुँदैन”, उनले भने, “पहिला सरकारको दृष्टिकोण के हो ? सरकारले दुईटा कुरा गर्न मिल्दैन ।”

    एमसीसीका नाममा मुलुकमा एक प्रकारको उपद्रो मच्चाउने काम भइरहेको टिप्पणी गदै उनले एमसीसीको मस्यौदा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री र कृष्णबहादुर महरा अर्थमन्त्री भएको बेलामा तयार पारिएको बताए । “प्रधानमन्त्री शेरबहादुर देउवासँग बसेर एमसीसी कसरी पास गर्ने भनेर उहाँहरु छलफल गर्नुहुन्छ, बैठक गर्नुहुन्छ तर, अहिले एमसीसीविरोधी भएको देखाउन नाटक गरिरहनुभएको छ”, उनले भने ।

    मुलुक सङ्गिन मोडमा उभिएको टिप्पणी गर्दै महासचिव पोख्रेलले पाँच दलीय गठबन्धन बनाएर एमाले पार्टी नेतृत्व र पार्टीका विरुद्ध आक्रमण र घेराबन्दी गर्ने काम भइरहेको बताए । “हामी जनताको साथमा त्यस प्रकारको घेराबन्दीलाई सामना गर्दै पार्टीलाई मुलुकको सबैभन्दा ठूलो शक्तिका रूपमा स्थापित गर्ने सङ्कल्प र अठोटका साथ निरन्तररूपमा अघि बढेका छौँ”, उनले भने ।

    कार्यक्रममा ५१० व्यक्ति एमालेमा प्रवेश गरेका छन् । राष्ट्रिय जनमोर्चा, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, एकीकृत समाजवादीलगायतका पार्टी परित्याग गरी गढवा गाउँपालिकाबाट २७५, राप्ती गाउँपालिकाबाट ७५, राजपुर गाउँपालिकाबाट १०५, लमही नगरपालिकाबाट ५५ जना एमालेमा प्रवेश गरेका हुन् । पार्टी महासचिव पोख्रेलले उनीहरूलाई पार्टी प्रवेश गराए ।

    २०७८, फाल्गुण ११ बुधवार०७:२५:४७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार