बाइडेनले पुटिनसँग शिखर वार्ता नगर्ने

बाइडेनले पुटिनसँग शिखर वार्ता नगर्ने

२०७८, फाल्गुण ११ बुधवार

  • 769
    SHARES

  • बाइडेनले पुटिनसँग शिखर वार्ता नगर्ने

    काठमाण्डौ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शिखर वार्ता नगर्ने बताएका छन् ।

    यसै साता फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रोँ सँगको टेलिफोन वार्तामा बाइडेन सैद्धान्तिक रुपमा पुटिनसँग वार्ता गर्न सहमत भएको विवरण सार्वजनिक भएको थियो ।

    राष्ट्रपति बाइडेन पुटिनसँग वार्ता गर्न इच्छुक नभएको राष्ट्रपति कार्यलय ह्वाईट हाउसले जनाएको हो ।

    अमेरिकी विदेशमन्त्री एन्टिनो ब्लिनकेनले पनि रुसी आक्रमण सुरु भइसकेकोले मस्कोसँगको वार्ताको कुनै अर्थ नभएको बताएका छन् । यसअघि ब्लिनकेनले रुसी समकक्षीसँग वार्ता रद्द गरेका थिए ।-एजेन्सी

    २०७८, फाल्गुण ११ बुधवार०१:५६:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार