संसद् बैठक १५ गतेसम्मका लागि स्थगित

संसद् बैठक १५ गतेसम्मका लागि स्थगित

२०७८, फाल्गुण १३ शुक्रवार

  • 737
    SHARES

  • संसद् बैठक १५ गतेसम्मका लागि स्थगित

    काठमाडौं । प्रतिनिधिसभाको आजका लागि बोलाइएको बैठक १५ गते बस्ने गरी स्थगित भएको छ ।

    सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा गएर बैठक सार्न आग्रह गरेपछि संसद बैठक १५ गतेसम्मका लागि स्थगित गरिएको स्रोतले जनाएको छ ।  

    आजको बैठकमा एमसीसीमाथि सैद्धान्तिक छलफल गर्ने तयारी थियो । 

    यसअघि बिहीबार पनि सरकारकै आग्रहमा बैठक स्थगित गरिएको थियो । 

    २०७८, फाल्गुण १३ शुक्रवार०१:१७:०१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार