भारतमा थप १३ हजार नयाँ सङ्क्रमित

भारतमा थप १३ हजार नयाँ सङ्क्रमित

२०७८, फाल्गुण १३ शुक्रवार

  • 905
    SHARES

  • भारतमा थप १३ हजार नयाँ सङ्क्रमित

    काठमाण्डौ । भारतमा कोरोनाभाइरसबाट थप १३ हजार १६६ जना सङ्क्रमित भएका छन् । सोही अवधिमा कोरोनाकै कारण ३०२ जनाको मृत्यु भएको पनि संघीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

    भारतमा कोरोना भाइरसबाट अहिलेसम्म चार करोड २८ लाख ९४ हजार २३५ जना सङ्क्रमित भएको मन्त्रालयको तथ्याङ्क छ ।

    मन्त्रालयका अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने एक लाख ३४ हजार २३५ रहेको छ । त्यसैगरी कोरोनाकै कारण मृत्यु भएकाहरुको कुल सङ्ख्या भने पाँच लाख १३ हजार २२६ पुगेको अधिकारीहरुले जनाएका छन् ।

    कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये चार करोड २२ लाख ४६ हजार ८८४ जना सङ्क्रमणमुक्त भएका छन् । ती मध्ये २६ हजार ९८८ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका हुन ।-एजेन्सी ।

    २०७८, फाल्गुण १३ शुक्रवार०३:४२:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार