सत्ता हातमा लिएर वार्ता गर्न युक्रेनी सेनालाई रुसी राष्ट्रपति पुटिनको आग्रह

सत्ता हातमा लिएर वार्ता गर्न युक्रेनी सेनालाई रुसी राष्ट्रपति पुटिनको आग्रह

२०७८, फाल्गुण १४ शनिवार

  • 809
    SHARES

  • सत्ता हातमा लिएर वार्ता गर्न युक्रेनी सेनालाई रुसी राष्ट्रपति पुटिनको आग्रह

    काठमाडौँ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सैनिकलाई युक्रेनको सत्ता हातमा लिन आग्रह गरेका छन् । शुक्रवार पुटिनले रुसको सुरक्षा परिषद्को बैठकबाट यस्तो आग्रह गरेको रुसको सरकारी मिडिया आरटीले जानकारी दिएको छ ।

    युक्रेनको राजधानी केइभमा नजिकै पुगिसकेको रुसी फौजतर्फ सङ्केत गर्दै पुटिनले युक्रेनी सैनिकलाई आग्रह गर्दै भनेका छन्, ‘सत्ता हातमा लिनुस् । केही लागुऔषध अम्बली र नवनाजीहरू भन्दा तपाईसँग समन्वय हुन सजिलो हुन्छ ।’

    शुक्रवार युक्रेनले रुससँग वार्ताको आग्रह गरेपछि पुटिनको यस्तो कुरा आएको हो । वार्ता नकारि नसकेको रुसले वार्ताको क्षेत्र बेलारुसको मिन्क्समा हुनुपर्ने प्रस्ताव गरेको थियो भने युक्रेनले भने पोल्यान्डको वार्तामा हुनुपर्ने प्रस्ताव राखेको थियो ।

    रुसले युक्रेनको प्रस्ताव अस्वीकार गरेको थियो । वार्तामा रुसले युक्रेन तटस्थ देश हुनुपर्ने र सैन्य करण अन्त्य हुनुपर्ने जस्ता कडा सर्तहरु तेर्साएको छ ।

    युक्रेनमा सैनिक सत्ता वा आफ्नो सत्ता पुटिनले चाहेको जानकारी बेलायती खुफिया एजेन्सीले गत माघ ९ गते नै सार्वजनिक गरेको थियो । 

    २०७८, फाल्गुण १४ शनिवार०८:३०:४८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार