प्रतिनिधिसभा बैठक सुरु, एमसिसीसम्बन्धी प्रस्तावमाथि छलफल जारी

प्रतिनिधिसभा बैठक सुरु, एमसिसीसम्बन्धी प्रस्तावमाथि छलफल जारी

२०७८, फाल्गुण १५ आइतवार

  • 901
    SHARES

  • प्रतिनिधिसभा बैठक सुरु, एमसिसीसम्बन्धी प्रस्तावमाथि छलफल जारी

    काठमाडौँ । प्रतिनिधिसभाको बैठक निर्धारित समयभन्दा करिब एक घण्टा ढिलो गरी सुरु भएको छ ।

    दिउँसो ३ बजे सुरु भएको बैठकको प्रारम्भमै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले नाराबाजी गर्दै ‘वेल’ घेराउ गरेका छन् ।

    प्रतिपक्षी दलको नाराबाजीकैबीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कारवाही प्रारम्भ गरे । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले “महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८” पेश गरेका थिए ।

    यसैगरी अर्थमन्त्री जनार्दन शर्माले “नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गरे ।

    बैठकमा एमसिसीमाथिको सैद्धान्तिक छलफल जारी छ ।

    २०७८, फाल्गुण १५ आइतवार०४:०१:१३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार