अमेरिकाले गर्यो एमसिसी पारितको स्वागत

अमेरिकाले गर्यो एमसिसी पारितको स्वागत

२०७८, फाल्गुण १६ सोमवार

  • 765
    SHARES

  • अमेरिकाले गर्यो एमसिसी पारितको स्वागत

    काठमाडौँ‍ । नेपालको संसदबाट ५० करोड अमेरिकी डलरको एमसिसी परियोजना पारित भएसँगै अमेरिकाले यसको स्वागत गरेको छ। एमसिसीको अनुमोदनले नेपाली जनतामा थप रोजगारी सिर्जना हुने, विद्युत सेवाको आपूर्ति बढ्ने र ढुवानी खर्च घट्ने अमेरिकी दूतावासले आइतबार राति जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    ‘एमसिसी कम्प्याक्टलाई अनुमोदन गर्ने या नगर्ने भन्ने निणर्य सार्वभौम लोकतान्त्रिक राष्ट्रका रूपमा सधैँ नेपाल सरकारको हातमा थियो’, अमेरिकाले भनेको छ। यद्यपि अमेरिकाले एमसिसी पारित नभए सम्बन्ध पुनरावलोकनसम्मको चेतावनी नेपाललाई दिएको थियो।

    नेपाल र अमेरिकाबिचको कूटनीतिक सम्बन्धका ७५ वर्षमा नेपालमा भएका विशाल र अपत्यारिला परिवर्तनमा अमेरिका नेपालको साथमा उभिएको पनि विज्ञप्तिमा उल्लेख छ।

    करिब २० वर्षअघि एमसिसीको स्थापना भएयता एमसिसी कम्प्याक्टहरूले विश्वभर नै गरिबी निवारणमा मद्दत गरेको दूताबासले दाबी पनि गरेको छ।

    २०७८, फाल्गुण १६ सोमवार०७:०६:३५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार