टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतसामु श्रीलंकाको दयनिय प्रस्तुति

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतसामु श्रीलंकाको दयनिय प्रस्तुति

२०७८, फाल्गुण १६ सोमवार

  • 813
    SHARES

  • टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतसामु श्रीलंकाको दयनिय प्रस्तुति

    नयाँदिल्ली । भारतले श्रीलंकाविरुद्धको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखलामा ‘क्लिन स्वीप’ गरेको छ । आइतबार राति धर्मशालामा भएको तेस्रो तथा अन्तिम खेलमा श्रीलंकालाई ६ विकेटले हराउँदै भारतले आफ्नो प्रभाव जमाएको हो ।

    १४७ रनको लक्ष्य भारतले १५ ओभर पाँच बलमा चार विकेट गुमाएर पूरा गर्‍यो । भारतका श्रेयस ऐरले सर्वाधिक ७३ रन बनाए । रविन्द्र जडेजा २२, दिपक होडाले २१, र सन्जु सामसनले १८ रनको योगदान गरे । श्रीलंकाका लाहिरु कुमाराले २ विकेट लिए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा पाँच विकेट गुमाएर १४६ रनको योगफल तयार पार्‍यो ।

    श्रीलंकाका लागि कप्तान डसुन सनकाले सर्वाधिक ७४ रन तथा दिनेश चण्डीमालले २२ र चामिका करुनारत्नेले १२ रनको योगदान गरे। भारतका आभेस खानले २ विकेट लिए । 

    २०७८, फाल्गुण १६ सोमवार०८:०१:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार