दक्षिण कोरियामा एकैदिन १ लाख ३९ हजार कोरोना संक्रमित

दक्षिण कोरियामा एकैदिन १ लाख ३९ हजार कोरोना संक्रमित

२०७८, फाल्गुण १६ सोमवार

  • 677
    SHARES

  • दक्षिण कोरियामा एकैदिन १ लाख ३९ हजार कोरोना संक्रमित

    सोल । दक्षिण कोरियामा एकै दिनमा १ लाख ३९ हजार जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । आइतबार मध्यराति सम्म ती संक्रमित पाइएको बताइएको छ । तर पनि अघिल्लो दिनको तुलनामा भने यी संक्रमितको संख्या घटेको हो । यहाँ गत शनिबार १ लाख ६३ हजार जना संक्रमित पाइएका थिए । 

    यहाँ अहिलेसम्म ३१ लाखभन्दा बढी संक्रमित पाइएका छन् । सुरुका पहिलो र दोस्रो लहरमा संक्रमितहरु नबढेको यहाँ पछिल्लो अर्थात् तेस्रो लहरमा भने प्रतिदिन बढ्दै गएको पाइएको छ ।

    यहाँ ओमिक्रोन भाइरसको संक्रमण निकै तिव्र गतिमा बढेको पाइएको हो । तर पछिल्ला केही दिनमा भने सो संक्रमण दर घट्दै गएको बताइएको छ । -एजेन्सी ।

    २०७८, फाल्गुण १६ सोमवार०२:४१:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार