काठमाडौं । शिवरात्री पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको छ । भोलि मंगलबार पशुपतिनाथ मन्दीर क्षेत्र आसपासको ट्राफिक व्यवस्थापनका लागि योजना पनि सार्वजनिक गरिएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सिफल चौर, गुहेश्वरी पारी, पशुपति विकाश कोषको कार्यालय, भण्डारखाल र अमालकोट तथा महानगरीय प्रहरी वृत्त गौशालामा सवारी पार्किङ गर्न सकिने छ।
चाबहिलदेखि गौशाला, तथा रातोपुल-गौशाला-तिलगंगा क्षेत्रमा सवारी साधन निषेध गरिने छ।
स्वास्थ्य सुरक्षा अपनाएर पशुपतिनाथको दर्शन गरि सहयोग गर्न ट्राफिक प्रहरी महाशाखाले अनुरोध समेत गरेको छ ।