रुस र युक्रेनका वार्ताटोली बेलारुसमा 

रुस र युक्रेनका वार्ताटोली बेलारुसमा 

२०७८, फाल्गुण १६ सोमवार

  • 837
    SHARES

  • रुस र युक्रेनका वार्ताटोली बेलारुसमा 

    रुसी सेनाले युक्रेनमा सैन्य आक्रमण गरेको पाँचौ दिनमा यी दुई राष्ट्रका अधिकारीहरुबीच बेलारुसमा शान्तिवार्ता सुरु भएको छ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले यी दुई देशबीच भएको शान्ति वार्ताका तस्बिरहरु सार्वजनिक गरेका छन्।

    वार्ताअघि युक्रेनमा राष्ट्रपति जेलेन्स्कीले युद्धबिराम गर्न र आफ्नो देशबाट सेना फिर्ता लैजान रुससँग आग्रह गरेका थिए।

    रुसी वार्ताकार भ्लादिमिर मेडिन्स्कीले मस्कोले दुवै पक्षको हितमा भएको सम्झौतामा पुग्न चाहेको बताएका छन्।

    वार्ताअघि युक्रेनका राष्ट्रपति जेलेन्स्कीले युक्रेनलाई तुरुन्तै ‘युरोपेली युनियन’को सदस्यता प्रदान गर्न ईयूलाई आग्रह गरेका छन्।

    यसअघि बेलारुसले दुवै देशका वार्ता टोलीको भेट हुने स्थानको व्यवस्थापन पूरा भएको र अब चाँडै वार्ता हुने जनाएको थियो। -एजेन्सी । 

    २०७८, फाल्गुण १६ सोमवार०६:४०:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार