अब निर्वाचनसम्मै सत्ता गठबन्धन हुन्छ : काँग्रेस

अब निर्वाचनसम्मै सत्ता गठबन्धन हुन्छ : काँग्रेस

२०७८, फाल्गुण १७ मंगलवार

  • 1.1K
    SHARES

  • अब निर्वाचनसम्मै सत्ता गठबन्धन हुन्छ : काँग्रेस

    काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन भएसँगै सत्तारूढ गठबन्धनको आयु लम्बिएको छ । अनेकन खिचातानीबिच गठबन्धन टिक्ने कि भत्कने आशङ्का रहिरहेका बेला संसद्बाट एमसीसी अनुमोदन भएसँगै गठबन्धनको पनि ‘सेफ ल्यान्डिङ’ भएको हो ।

    सत्तारूढ गठबन्धन आबद्ध पाँच दलमध्ये चार दल एमसीसीका पक्षमा उभिएसँगै गठबन्धन आगामी निर्वाचनसम्म नै अघि बढ्ने अवस्था बनेको हो । पाँच दलीय सत्ता गठबन्धनमा काङ्ग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा सहभागी थिए । तर, जनमोर्चा भने सोमबारबाटै गठबन्धनबाट बाहिरिएको छ ।

    प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसले आगामी निर्वाचनसम्म नै सरकार र सरकार आबद्ध गठबन्धन कायम रहने बताएको हो । काँग्रेसले प्रतिनिधिसभा बैठकबाट एमसीसी अनुमोदन भएको भोलिपल्ट सोमबार पत्रकार सम्मेलन गर्दै अब गठबन्धन निर्वाचनसम्म नै जाने दाबी गरेको हो ।

    काँग्रेस प्रवक्ता डा। प्रकाश सरण महतले सत्तारूढ गठबन्धन आबद्ध सरकार निर्वाचनसम्म नै एक साथ अघि बढ्ने बताए । उनले गठबन्धनभित्र रहेका थप आशंकालाईसमेत चिर्दै अघि बढ्ने जानकारी दिए ।

    २०७८, फाल्गुण १७ मंगलवार०७:२९:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार