श्रीलङ्काद्धारा रुस र युक्रेनका पर्यटकको भिषा अवधि थप

श्रीलङ्काद्धारा रुस र युक्रेनका पर्यटकको भिषा अवधि थप

२०७८, फाल्गुण १७ मंगलवार

  • 1.0K
    SHARES

  • श्रीलङ्काद्धारा रुस र युक्रेनका पर्यटकको भिषा अवधि थप

    कोलम्बो । श्रीलङ्काले आफ्नो देशमा रहेका रुस र युक्रेनका पर्यटकहरुको भिषाको म्याद थप्ने निर्णय गरेको छ । उनीहरु अहिले आफ्नो देशमा फर्किने अवस्था नरहेकाले उनीहरुको भिषाको अवधि दुई महिना थप गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् । 

    रुसले युक्रेनमाथी आक्रमण गरेपछि अहिले रुस र युक्रेनका बीचमा युद्ध भइरहेको छ । युद्धका कारण युक्रेनमा रहेकाहरु पनि सकेसम्म अन्य देश तर्फ जाने गरेका छन् ।

    सरकारी अधिकारीहरुका अनुसार श्रीलङ्कामा अहिले रुस र युक्रेनका कुल १५ हजारभन्दा बढी पर्यटकहरु रहेको जनाएका छन् । ती मध्ये ११ हजार ४६३ जना रुसका पर्यटक रहेका छन भने तीन हजार ९९३ जना युक्रेनका रहेका छन् । 

    श्रीलङ्काको पर्यटन मन्त्रालयको प्रस्तावलाई मन्त्रीपरिषद्ले सोमबार बेलुका पारित गरेको अधिकारीहरुले जनाएका छन् ।सरकारको निर्णयबाट लाभान्वित हुने रुस र युक्रेनका पर्यटकले खुशी पनि व्यक्त गरेको समाचारमा जनाइएको छ । -एजेन्सी ।

    २०७८, फाल्गुण १७ मंगलवार०२:०१:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार