काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आवश्यकता अनुसार मात्र विदेशी लगानी स्वीकार गरिने बताएका छन् ।
आवश्यकता अथवा राष्ट्रिय हित वा राष्ट्रिय स्वाभिमानमा धक्का लाग्छ भने त्यस्ता सहयोग स्वीकार नगर्ने बताउँदै उनले यस्ता कुरा सम्झौता गर्ने बेलामा नै सबै प्रावधानहरु हेर्नुपर्ने बताएका हुन् ।
ओलीले भने, ‘गठबन्धनका प्रमुख घटक दलहरूले सम्झौता गर्दा हामीसँग कुनै सल्लाह गरेको छैन । हामीले त्यो बेला प्रमुख प्रतिपक्षमा हामी थियौँ तर हामीसँग कुनै परामर्श गरिएन ।’
ओलीले आज राजधानीमा पत्रकार सम्मेलनमा गठबन्धनले आफूलाई छलफल गर्न कुनै मौकै नदिएको गुनासो समेत गरेका छन्
एमाले नेतृत्वको सरकार ढाल्ने र नयाँ गठबन्धन बनाएर एमसीसी पास गर्ने सहमति गर्दै आफ्नो नेतृत्वको सरकार ढालेको दाबी गर्दै उनले संसद्बाट एमसीसी पास हुनुपर्छ भन्ने अमेरिकी दृष्टिकोण सुरुदेखि रहेको पनि स्पष्ट पारे ।
अध्यक्ष अोलीले प्रदीप ज्ञवाली परराष्ट्र मन्त्री भएको बेला अमेरिका गएर एमसीसी आईपीएसको अंग भनेर हस्ताक्षर गरेको भन्ने हल्ला फैलाएको प्रति आपत्ति जनाए ।
राष्ट्रिय महत्त्वको एमसिसीजस्तो विषयमा संसदमा एमालेलाई पाखा लगाएर सत्ता गठबन्धनले आफ्नो स्वार्थ मात्रै हेरेको अध्यक्ष ओलीले आरोप लगाएका छन्।
उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पद र स्वार्थ जोगाउनमात्र एमसिसीमा सघाएको आरोप पनि लगाए।