युक्रेनमा एक भारतीय विद्यार्थीको मृत्यु

युक्रेनमा एक भारतीय विद्यार्थीको मृत्यु

२०७८, फाल्गुण १७ मंगलवार

  • 1.1K
    SHARES

  • युक्रेनमा एक भारतीय विद्यार्थीको मृत्यु

    नयाँदिल्ली । रूसले आक्रमण गरेको युक्रेनमा एक जना भारतीय विद्यार्थी मारिएका छन्।

    भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले सामाजिक सञ्जाल ट्वीटरमा युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा मंगलबार बिहान एक भारतीय विद्यार्थी मारिएको जानकारी दिएका छन्।

    ती विद्यार्थी गोली लागेको जनाइएको छ। उनीमाथि कसले गोली हानेको भन्ने खुलेको छैन।

    युक्रेनमा २० हजार बढी मेडिकल विद्यार्थी रहेको अनुमान छ। तीमध्ये पाँच हजार जति युक्रेनबाट बाहिरएको बताइएको छ। रूसले फागुन १२ युक्रेनमाथि आक्रमण घोषणा गरेको थियो। -एजेन्सी ।

    २०७८, फाल्गुण १७ मंगलवार०३:५२:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार