काठमाडौँ । नेपाली सेनाका उपरथी अनुपजंग थापा रथी बढुवाका लागि सिफारिस भएका छन् ।
रथी प्रदीपजंग केसीको अध्यक्षतामा बसेको बोर्ड बैठकले थापाको नाम बढुवाका लागि सिफारिस गरेको हो ।
बोर्डले बढुवा सिफारिसप्रति चित्त नबुझे उजुरी गर्न सात दिनको समय दिँदै सूचना जारी गरेको छ । सूचना सोमबार प्रकाशित भएको हो ।
रथी गणेश श्रेष्ठले मङ्सिर ७ गते अवकाश पाएपछि रिक्त हुने पदमा थापा सिफारिस भएका हुन्।
अहिले रथिमा सिफारिस भएका थापा आउँदो भदौपछि प्रधानसेनापति बन्ने सम्भावना बलियो भएको छ। अहिलेका प्रधानसेनापति अशोकराज सिग्देलले भदौ २४ गते अवकाश पाएपछि वरियताका हिसाबले सामान्यतया थापा प्रधानसेनापतिका लागि योग्य हुनेछन्।
रथी पदका लागि अर्का उपरथी मधुकर कार्की पनि प्रतिस्पर्धामा भए पनि मङ्सिर १५ गते रथी प्रदीपजंग केसीले अवकाश पाएपछि मात्रै कार्की सिफारिस हुने भएका हुन्।