थप १५८ जनामा कोरोना संक्रमण, २ को मृत्यु

थप १५८ जनामा कोरोना संक्रमण, २ को मृत्यु

२०७८, फाल्गुण १७ मंगलवार

  • 949
    SHARES

  • थप १५८ जनामा कोरोना संक्रमण, २ को मृत्यु

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९३८ पुगेको छ।

    मंगलबार ३५४ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ७ हजार ९७१ जना सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ४ हजार ४५८ पीसीआर तथा २ हजार ४६ एन्टिजेन परीक्षण भएको छ।

    यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३२ जना संक्रमित थपिएका छन्। काठमाडौँमा २७ र ललितपुरमा ५ जना संक्रमित थपिएका हुन्।

    २०७८, फाल्गुण १७ मंगलवार०५:०४:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार