राप्रपा केन्द्रीय कार्यसमिति बैठक आजबाट

राप्रपा केन्द्रीय कार्यसमिति बैठक आजबाट

२०७८, फाल्गुण १८ बुधवार

  • 1.1K
    SHARES

  • राप्रपा केन्द्रीय कार्यसमिति बैठक आजबाट

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक आज फागुन १८ गतेबाट सुरु हुँदै छ । बैठक दुईदिन सम्म चल्नेछ ।  

    बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, देशभर सङ्गठन विस्तारको अवस्था, नेताहरूको व्यवस्थापनका साथै कार्य विभाजन, आसन्न स्थानीय तहको निर्वाचनमा कसरी पार्टीलाई सफल बनाउनेलगायत विषयमा छलफल गरिने महामन्त्री भुवन पाठकले जानकारी दिए । 

    देशैभर रहेका जिल्ला कार्यसमितिमार्फत स्थानीय तहको निर्वाचनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको पार्टीले आसन्न स्थानीय तहको चुनावमा उमेदवारको छनोट गरिरहेको छ । राप्रपाले गत मङ्सिरमा एकता अधिवेशन सम्पन्न गरेपछि पार्टीले दोस्रोपटक केन्द्रीय समितिको बैठक बोलाएको हो । नेता सुन्दर पाण्डेका अनुसार पार्टीको नीति, विचार, सिद्धान्त र कार्ययोजनाबारे देशभर घरदैलो कार्यक्रम गरी आम नागरिकलाई सुसूचित गरिनेछ ।

    २०७८, फाल्गुण १८ बुधवार०७:१६:५३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार