विरोध र नाराबाजीबीच प्रतिनिधिसभामा सूचना आयोगको प्रतिवेदन पेस

विरोध र नाराबाजीबीच प्रतिनिधिसभामा सूचना आयोगको प्रतिवेदन पेस

२०७८, फाल्गुण १८ बुधवार

  • 781
    SHARES

  • विरोध र नाराबाजीबीच प्रतिनिधिसभामा सूचना आयोगको प्रतिवेदन पेस

    काठमाण्डौ । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेस भएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले उक्त प्रतिवेदन पेस गरेका हुन् ।

    बैठकको प्रारम्भ हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरुले गरेको विरोध र नाराबाजीबीच बैठक सञ्चालन भएको थियो ।

    एमालेले संसद्को चालु अधिवेशनदेखि विरोध र नाराबाजीका साथ ‘वेल’ घेराउ गर्दै आएको छ । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन २२ गते दिउँसो १ बजे बस्नेछ ।

    २०७८, फाल्गुण १८ बुधवार०२:४३:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार