युक्रेनमा रुसको युद्ध अपराधबारे अन्तर्राष्ट्रिय फौजदारी अदालतले अनुसन्धान गर्ने

युक्रेनमा रुसको युद्ध अपराधबारे अन्तर्राष्ट्रिय फौजदारी अदालतले अनुसन्धान गर्ने

२०७८, फाल्गुण १९ बिहिवार

  • 781
    SHARES

  • युक्रेनमा रुसको युद्ध अपराधबारे अन्तर्राष्ट्रिय फौजदारी अदालतले अनुसन्धान गर्ने

    लन्डन । रुसले युक्रेनमा गरेको सम्भावित युद्ध अपराधबारे अन्तर्राष्ट्रिय फौजदारी अदालत (इन्टरनेशनल क्रिमिनल कोर्ट) ले अनुसन्धान गर्ने भएको छ।

    आइसिसीका प्रमुख अभियोजक करिम खानले गएको बिहीबार (फेब्रुअरी २४) देखि युक्रेनमा रुसले सुरु गरेको आक्रमणको क्रममा युद्ध अपराध भएको हुन सक्ने भन्दै त्यससम्बन्धमा अनुसन्धान गर्ने बताएका हुन्।

    युक्रेनको पछिल्लो अवस्थाको प्रारम्भिक अध्ययन गर्दा रुसले युद्ध अपराध गरेको हुन सक्ने देखिएको उनले ट्वीटमार्फत बताएका छन्। थप अनुसन्धान गरी आइसिसीले त्यसको प्रक्रिया अघि बढाउने खानले बताए।

    बेलायत र अरु ३८ राष्ट्रले रुसले युद्ध अपराध गरेको हुन सक्ने भन्दै त्यस सम्बन्धमा तत्काल अनुसन्धान गर्नका लागि आइसिसीलाई सिफारिस गरेका थिए। त्यसलगत्तै खानले अनुसन्धानको घोषणा गरेका हुन्।

    युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले लगातार रुसले युद्ध अपराध गरेको भन्दै त्यसको अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन अपिल गर्दै आएका छन्।

    रुसी आक्रमणको निशानामा सर्वसाधारण आएका छन्। अहिले जारी युद्धमा रुसले राजधानी किएभसहित युक्रेनका सबै सहरमा गोलाबारी, मिसाइलसहितका आक्रमण गर्दै आएको छ। -एजेन्सी ।

    २०७८, फाल्गुण १९ बिहिवार०७:५०:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार