राष्ट्रसंघ महासभामा नेपालले गर्‍यो रुसविरुद्ध मतदान, भारत र चीनसहित ३४ मुलुक तटस्थ

राष्ट्रसंघ महासभामा नेपालले गर्‍यो रुसविरुद्ध मतदान, भारत र चीनसहित ३४ मुलुक तटस्थ

२०७८, फाल्गुण १९ बिहिवार

  • 861
    SHARES

  • राष्ट्रसंघ महासभामा नेपालले गर्‍यो रुसविरुद्ध मतदान, भारत र चीनसहित ३४ मुलुक तटस्थ

    काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा नेपालले रुसविरुद्ध मतदान गरेको छ ।

    रुस–युक्रेन युद्ध जारी रहेका बेला बुधबार राति महासभामा भएको मतदानमा प्रस्तावको पक्षमा नेपालसहित १४१ मुलुकले भोट दिए । विपक्षमा पाँच देशले मतदान गर्दा भारत, चीनसहित ३४ मुलुक तटस्थ बसेका छन् ।

    युक्रेनमाथि रुसी हस्तक्षेप तत्काल बन्द गरेर युद्ध रोक्न तथा सेना फिर्ता गर्ने सम्बन्धी पक्ष र विपक्षमा मतदान भएको हो ।

    राष्ट्रसंघमा कुल १ सय ९३ सदस्य राष्ट्र छन् । यसअघि राष्ट्रसंघीय मानवअधिकार परिषद्‍मा पनि नेपालले युक्रेनको पक्षमा मतदान गरेको थियो । परिषद्‍मा ४७ देश सदस्य छन् ।

    यसअघि राष्ट्रसंघको सुरक्षा परिषद्‍मा पनि भारत र चीन तटस्थ बसेका थिए । तर, सुरक्षा परिषद्‍मा नेपाल छैन । सुरक्षा परिषद्‍मा १५ सदस्य राष्ट्र छन् ।

    राष्ट्रसंघमा रहेका १ सय ९३ सदस्य मुलुकले यसअघि युक्रेनमाथि भएको आक्रमणबारे आफ्नो धारणा राखेका थिए । त्यसअघि महासभा आयोजनाको विपक्षमा रुसले मतदान गरे पनि बैठक आव्हान गर्ने निर्णयलाई रोक्न सकेन । शान्तिका निम्ति भन्ने धारणा सहित विशेष सभाको आयोजना गरिएको थियो ।

    दक्षिण एशियामा नेपालले मात्रै युक्रेनको पक्षमा मतदान गरेको छ भने अन्य राष्ट्र तटस्थ बसेका छन् । 

    २०७८, फाल्गुण १९ बिहिवार०८:०९:३५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार