‘कांग्रेसमा भागबण्डा र गुटबन्दी अन्त्य भयो ’

‘कांग्रेसमा भागबण्डा र गुटबन्दी अन्त्य भयो ’

२०७८, फाल्गुण २० शुक्रवार

  • 761
    SHARES

  • ‘कांग्रेसमा भागबण्डा र गुटबन्दी अन्त्य भयो ’

    काठमाण्डौ । नेपाली कांग्रेसका इलामका सभापति डम्बर खड्काले पार्टीमा गुटबन्दी र भागबण्डा अन्त्य भएको बताएका छन् ।

    बिहीबार इलाम नगरपालिकाको नगरस्तरीय क्षेत्रीय प्रतिनिधिको भेलालाई सम्बोधन गर्दै उनले अगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने प्रतिवद्धता जनाए ।

    उनले भने, “कांग्रेसका सबै नेता कार्यकर्ता एकजुट भएर निर्वाचनमा लाग्नुपर्छ । हरेक वडामा आफ्ना उम्मेदवार विजयी गराउनुपर्छ । ” पार्टीमा गुट र भागबण्डा केही हुन नदिने र अब सिङ्गो कांग्रेस बनाएर अघि बढ्ने उनको भनाइ थियो ।

    फरक प्रसङ्गमा सभापति खड्काले ३६५ दिनमा ३६४ दिन कांग्रेस हुने तर एकदिन निर्वाचनमा अर्कैलाई मतदान गरी कांग्रेसलाई पराजय गराउनेलाई यसपटक कारबाही गरेरै छोड्ने बताएका छन् । उनले भने“ कांग्रेसबाट छनोट भएका उम्मेदवारलाई जसरी पनि सहयोग गर्नुपर्ने पर्छ ।”

    २०७८, फाल्गुण २० शुक्रवार०१:१३:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार