अफगान लगानीकर्ताहरूलाई फिर्ता हुन आह्वान

अफगान लगानीकर्ताहरूलाई फिर्ता हुन आह्वान

२०७८, फाल्गुण २० शुक्रवार

  • 709
    SHARES

  • अफगान लगानीकर्ताहरूलाई फिर्ता हुन आह्वान

    काठमाण्डौ । अफगान कार्यवाहक सरकारका उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बरादारले अफगान लगानीकर्ताहरूलाई स्वदेश फर्कन आह्वान गरेको सरकारले शुक्रबार जानकारी दिएको छ ।

    उनले बिहीबार काबुलमा आयोजित अफगानिस्तान राष्ट्रिय निजी क्षेत्र सम्मेलनमा उक्त टिप्पणी गरेको सरकारले एक विज्ञप्तिमार्फत जनाएको छ ।

    “बरादारले विदेशमा रहेका अफगान लगानीकर्ताहरूलाई स्वदेश फर्केर यहाँ लगानी गर्न आह्वान गरेको जनाइएको छ ।

    लगानीकर्ता र उनीहरूको सम्पत्तिको सुरक्षाको प्रत्याभूति हुनेछ,’ विज्ञप्तिमा भनिएको छ ।‘अन्तर्राष्ट्रिय नाकाबन्दीहरु दिनप्रतिदिन खुकुलो हुँदै गइरहेको छ र उद्योग, व्यापार र लगानीमा थप सुविधा दिने प्रयास भइरहेको छ, आर्थिक अवस्था सुधार्ने प्रयास भइरहेको छ’, बरादारले भनेका छन् ।

    मंगलबार, विश्व बैंकको सञ्चालक समितिले अफगानिस्तान पुनर्निर्माण ट्रस्ट कोषको १ अर्ब अमेरिकी डलर स्थिर नराख्र्ने निर्णय गरेको छ । गत अगस्ट १५, २०२१ मा तालिबानले कब्जा गरेपछि सो रकम फ्रिज गरिएको दा अफगानिस्तान बैंक (डिएबी) ले जनाएको छ ।

    डिएबीले विश्व बैंकको यो कदमलाई सद्भावनाको रुपमा स्वागत गर्दै विश्व वित्तीय संस्थासँग थप सहकार्यका लागि आह्वान गरेको छ ।-एजेन्सी ।

     

    २०७८, फाल्गुण २० शुक्रवार०२:१०:१०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार