नेशनल प्याब्सन सचिवका लागि विष्णु पराजुलीद्धारा उम्मेदवारी घोषणा

नेशनल प्याब्सन सचिवका लागि विष्णु पराजुलीद्धारा उम्मेदवारी घोषणा

२०७८, फाल्गुण २० शुक्रवार

  • 1.5K
    SHARES

  • नेशनल प्याब्सन सचिवका लागि विष्णु पराजुलीद्धारा उम्मेदवारी घोषणा

    काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) को सचिवमा काठमाडौं निवासी विष्णु पराजुलीले उम्मेदवारी घोषणा गरेका छन् ।

    बाँकेको नेपालगञ्जमा फागुन २२ र २३ गते हुने राष्ट्रिय महाधिवेशनका लागि उनले सचिवमा उम्मेदवारी सार्वजनिक गरेका हुन् ।

    निजी विद्यालयको हकहितका क्षेत्रमा काम गर्ने उद्देश्यसहित उम्मेदवारी सार्वजनिक गरेको पराजुलीले बताए ।

    काठमाडौं महानगरपालिका वडा नं ६ मा संचालित प्रोग्रेसिभ अंग्रेजी स्कुलका प्रिन्सिपल पराजुली नेशनल प्याब्सन काठमाडौं जिल्ला समिति सदस्य, सचिवालय सदस्य, सहसचिव, सचिव र अध्यक्ष भएर यसअघि काम गरिसकेका छन् ।

    २०७३ देखि २०७६ सम्म काठमाडौं जिल्लाको अध्यक्ष भएर काम गरेका उनी बर्तमान कार्यसमितिमा प्रमुख सल्लाहकारको भूमिकामा छन् ।

    २०७८, फाल्गुण २० शुक्रवार०९:१२:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार