रहेनन् अष्ट्रेलियन पूर्व क्रिकेटर शेन वार्न

रहेनन् अष्ट्रेलियन पूर्व क्रिकेटर शेन वार्न

२०७८, फाल्गुण २१ शनिवार

  • 977
    SHARES

  • रहेनन् अष्ट्रेलियन पूर्व क्रिकेटर शेन वार्न

    काठमाडौँ । अस्ट्रेलियाका लिजेन्ड क्रिकेटर शेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ ।

    वार्नको अष्ट्रेलियन समय अनुसार शनिवार बिहान थाइल्यान्डको कोह समुइमा निधन भएको वार्नको व्यवस्थापन सम्बन्धी संस्थाले जारी गरेको संक्षिप्त विज्ञप्तिमा उल्लेख छ ।

    जारी सूचना अनुसार उनको हृदयाघातका कारण निधन भएको आशङ्का गरिएको छ । ‘उनी आफ्नै निवासमा अचेत अवस्थामा भेटिएका थिए । स्वास्थ्यकर्मीहरुले बचाउने प्रयास गरेका थिए । तर उनलाई ब्युँताउन सकिएन’ विज्ञप्तिलाई उद्धृत गर्दै फक्स क्रिकेटले लेखेको छ ।

    १५ वर्षसम्म अस्ट्रेलियाको राष्ट्रिय क्रिकेट टिमबाट खेलेका वार्नले खेल जीवनभर टेष्ट क्रिकेटमा ७ सय ८ विकेट लिएका थिए। टेष्ट क्रिकेटमा धेरै विकेट लिने खेलाडीमध्ये उनी दोस्रो नम्बरमा थिए। सर्वाधिक विकेट लिने पहिलो नम्बरमा भने श्रीलङ्काली क्रिकेटर मुथैया मुरलिधरण छन् ।

    २०७८, फाल्गुण २१ शनिवार०७:००:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार