ओलीको घोषणा : कोसी सभ्यता सबैको साझा पहिचान हो, प्रदेश १ को नाम कोसी राख्नुपर्छ

ओलीको घोषणा : कोसी सभ्यता सबैको साझा पहिचान हो, प्रदेश १ को नाम कोसी राख्नुपर्छ

२०७८, फाल्गुण २१ शनिवार

  • 1.7K
    SHARES

  • ओलीको घोषणा : कोसी सभ्यता सबैको साझा पहिचान हो, प्रदेश १ को नाम कोसी राख्नुपर्छ

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ को नाम कोसी प्रदेश राख्नुपर्ने एमालेको धारणा पहिलो पटक सार्वजनिक गरेका छन् ।

    गृह जिल्ला झापाको बिर्तामोडमा प्रेस चौतारी प्रदेश १ को पहिलो अधिवेशनलाई सम्बोधन गर्दै ओलीले कोसी सभ्यताजस्तो साझा पहिचान अरू नभएकाले प्रदेशको नामकरण कोसी राखिनुपर्ने बताएका हुन् ।

    प्रदेश १ को नाम राख्न सकस परिरहेका बेला एमाले अध्यक्ष ओलीले यो धारणा राख्नुलाई अर्थपूर्ण मानिएको छ ।

    एमालेबिना सत्ता गठबन्धनको दुई तिहाइ नपुग्ने भएकाले कोसी प्रदेशमा सबैलाई उभ्याउन ओलीले झापा पुगेर आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

    २०७८, फाल्गुण २१ शनिवार०१:२५:५७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार