झापा गोल्डकपको उद्घाटन खेलमा सातदोबाटो विजयी

झापा गोल्डकपको उद्घाटन खेलमा सातदोबाटो विजयी

२०७८, फाल्गुण २१ शनिवार

  • 825
    SHARES

  • झापा गोल्डकपको उद्घाटन खेलमा सातदोबाटो विजयी

    विर्तामोड । झापा गोल्डकप आजबाट शुरु भएको छ । 

    झापाको बिर्तामोडमा रहेको डोमालाल राजवंशी रंगशालामा भइरहेको नेपाल आइस् पाँचौं झापा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब विजयी बनेको छ।

    खेलको निर्धारित समयसम्म प्रतिष्पर्धा बराबरीमा रहेपछि खेलको अन्तिम निर्णय टाइब्रेकरबाट लिइएको हो।

    टाइब्रेकरमा जावलाखेलका राजन रावलको प्रहार सातदोबाटोका गोलकिपर अभिषेक बरालले रोकेपछि सातदोबाटोको विजय निश्चित बनेको थियो। सँगै जावलाखेलको एउटा प्रहार गोलपोस्टबाट बाहिरिएको थियो।

    पहिलो हाफमै जावलाखेलले अग्रता लिएपनि त्यसलाई कायम राख्न सकेन । 

    जावलाखेलको २-१ को अग्रता दोस्रो हाफको केही मिनेटसम्म मात्र टिक्यो। सातदोवाटोले अर्को गोल गरेपछि खेल बराबरीमा पुग्यो।

    खेलको निर्धारित समयमा प्रतिष्पर्धा बराबरीमा रहेपछि अन्तिम निर्णय टाइब्रेकरबाट लिइएको थियो।

    कार्यक्रमको उद्घाटन नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।

    पाँचौँ संस्करणको झापा गोल्ड कप फागुन २१ गतेदेखि ३० गतेसम्म हुँदैछ। पाँचौँ संस्करणको झापा गोल्ड कपमा घरेलु टोली झापा–११ सहित ‘ए’ डिभिजन क्लब नेपाल पुलिस, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपिएफ, थ्री स्टार, संकटा, सातदोबाटो र जावलाखेल युथ क्लब सहभागी भएका छन्। गोल्डकपमा दुई भारतीय टिम एमएफसी दार्जिलिङ र आरपी एफसी सिक्किम पनि सहभागी हुँदैछन्।

    प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख पाँच हजार प्राप्त गर्नेछन्।

    मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल प्रदान गरिनेछ। प्रतियोगिताका उदीयमान खेलाडी, उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले २१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने उच्च गोलकर्तालाई नगद २५ हजार दिइनेछ।

    प्रत्येक खेलको म्यान अफ द म्याचले नगद ९ हजार ९९९ रुपैयाँ पाउनेछन्।

    २०७८, फाल्गुण २१ शनिवार०६:४९:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार