नेकपा एमाले झापा -काठमाडौं सम्पर्क मन्चको अध्यक्षमा सुरज काफ्ले निर्वाचित

नेकपा एमाले झापा -काठमाडौं सम्पर्क मन्चको अध्यक्षमा सुरज काफ्ले निर्वाचित

२०७८, फाल्गुण २२ आइतवार

  • 1.4K
    SHARES

  • नेकपा एमाले झापा -काठमाडौं सम्पर्क मन्चको अध्यक्षमा सुरज काफ्ले निर्वाचित

    काठमाडौं । नेकपा एमाले झापा काठमाडौं सम्पर्क मन्च गठन भएको छ । 

    शनिवार काठमाडौंमा सम्पन्न ११ औ अधिवेशनले रामकुमार काफ्ले(सुरज) को अध्यक्षतामा ४१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

    त्यस्तै, समितिको उपाध्यक्षमा ललित सुब्बा र मिनु पोखरेल, सचिवमा मनोज दाहाल, सहसचिवमा रामचन्द्र अर्याल र पुष्पा अधिकारी र कोषाध्यक्षमा युवराज बस्नेत निर्वाचित भएका छन् ।

    त्यसैगरि सदस्यहरुमा निता पोखरेल, पर्वत गिरी, हेम कुमार पक्वाल, संगिता बराल, प्रकाश ढुंगाना, विजय घिमिरे, नर्वदा बस्नेत, सुनिल भेटवाल, वेद प्रसाद उप्रेती, माया भण्डारी, खिमनिधि लोहनी, रुपेश भट्टराई, रमणी कोइराला, योगिता सापकोटा, बिमला सुव्वा, हिमा देवी सुवेदी, माया देवी उप्रेती, रमा पाण्डे, फणिन्द्र तामांग, केशव प्रसाद सिलवाल, कुवेरनाथ अर्याल, हरि बहादुर राउत, डिल्ली राम उप्रेती, रविन भण्डारी, लेखराज निरौला, प्रकाश चन्द्र पाण्डे, शंकर उप्रेती, किशोर कुमार नेपाल, शिल प्रकाश भट्टराई, तिर्थराज ढकाल, शिव प्रसाद घिमिरे, मनिष ढकाल र शोभित चौँलागाईँ निर्वाचित भएका छन् ।

    adhibeshan-1.jpg

    नवनिर्वाचित अध्यक्ष काफ्लेले आगामी निर्वाचनमा एमालेलाई विजयी गराउने भूमिका समितिले खेल्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    २०७२ साल पौष २५ गते भएको १० औं अधिवेशनबाट काफ्ले उपाध्यक्षमा निर्वाचित भएका थिए । तत्पश्चात स्थानिय एवं संघीय निर्वाचन र पार्टी एकता प्रक्रियाले मन्चका अधिवेशन लगाएतका काम कारवाही ठप्प भएका थिए । २०७७ साल फागुनमा सम्पन्न पुनर्गठीत भेलाले काफ्लेलाई संयोजकको जिम्मेवारी दिएको थियो । 

    जिल्लाबाट काठमाडौं आई अस्थायी बसोबास गर्ने युवा, विद्यार्थी, व्यापारी र पेशाकर्मीलाई समेटेर कमिटी बनाई पार्टी कामलाई व्यवस्थित गर्ने एमालेको नीति नै रहने गरेको छ । 

    अधिवेशनमा (आजकै दिन) फागुन २१ गते लोकतन्त्र प्राप्तिका लागि जिवन उत्सर्ग गर्ने अमर शहिद झापाली योद्धाहरु रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुईकेल, विरेन राजवंशी र नारायण श्रेष्ठको तस्विरमा माल्यार्पण गरेर श्रद्धाञ्जली व्यक्त गरिएको थियो । शहिद रामनाथ दाहाल पत्नी विश्वेश्वरा दाहालले सहिदको सपना साकार पार्ने गरि पार्टीले काम गर्नु पर्ने कुराको स्मरण गराएकी थिइन् । 

    अधिवेशन एमाले स्थायी कमिटी सदस्य एवम् सम्पर्क मञ्च समन्वय कमिटीका इन्चार्ज लालबाबु पण्डित, सचिव इन्द्र भण्डारी, प्रदेश कमिटी अध्यक्ष कपिल देव ओली, सचिव नवराज घिमिरे, सल्लाहकार केशव गजुरेल लगायतको आतिथ्यतामा सम्पन्न भएको थियो ।

    अधिवेशनमा मन्चका संस्थापक सदस्य गीता अधिकारी र टंक उप्रेतीलाई सम्मान समेत गरिएको थियो । 

    २०७८, फाल्गुण २२ आइतवार०८:४१:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार