अनियमितता भएपछि काँग्रेस बाराको मतदान रद्द

अनियमितता भएपछि काँग्रेस बाराको मतदान रद्द

२०७८, फाल्गुण २२ आइतवार

  • 777
    SHARES

  • अनियमितता भएपछि काँग्रेस बाराको मतदान रद्द

    काठमाडौँ । मतदानमा अनियमितता भएपछि नेपाली काँग्रेस बारा जिल्ला अधिवेशनबाट नेतृत्व चयनको प्रक्रिया स्थगित गरिएको छ ।

    नेतृत्व चयनका लागि शनिवार भएको मतदान पनि रद्द गरिएको छ ।

    नेपाली काँग्रेस बारा जिल्ला निर्वाचन कार्यालयले विज्ञप्ति निकालेर मतदानमा व्यापक अनियमितता र अमर्यादित स्थिति सिर्जना भएकाले मतदानको सम्पूर्ण प्रक्रिया अर्को सूचना नआइन्जेलसम्मका लागि रद्द गरिएको जनाएको हो ।

    मतदानको मिति तय गर्न निर्वाचन कार्यालयमा बैठक बोलाइएको छ ।

    २०७८, फाल्गुण २२ आइतवार०९:०२:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार