आइतबारसम्म युक्रेन छाड्ने मानिसको संख्या १५ लाख पुग्ने अनुमान

आइतबारसम्म युक्रेन छाड्ने मानिसको संख्या १५ लाख पुग्ने अनुमान

२०७८, फाल्गुण २२ आइतवार

  • 1.7K
    SHARES

  • आइतबारसम्म युक्रेन छाड्ने मानिसको संख्या १५ लाख पुग्ने अनुमान

    काठमाण्डौ । रुसी सेनाले युक्रेनमा हमला गरेको ११औं दिन आज पनि युक्रेनका विभिन्न सहरहरुमा तीव्र हमला भएका छन् ।

    युक्रेनमा रुसी हमलाका कारण दिनहुँ विस्थापित हुनेको संख्या बढ्दो छ । रुसी हमलाका कारण आइतबारसम्म युक्रेन छाड्ने मानिसहरुको संख्या १५ लाख पुग्ने अनुमान गरिएको छ ।

    किभले रुसमाथि थप प्रतिबन्ध लगाउन र आफूहरुलाई हतियार उपलब्ध गराउन पश्चिमा देशहरुलाई दबाब दिएको छ ।

    रुसी फौजले घेरा हालेका दुई दक्षिणी सहरहरु मारिओपोल र भोलनोभाखामा युद्धबिराम उल्लंघन भएको छ । युद्धबिराम उल्लंघन भएसँगै मस्को र किभले एक अर्कामाथि आरोप–प्रत्यारोप गरेका छन् ।

    शनिबार राति एउटा टेलिभिजन सम्बोधनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले कब्जा गरेको क्षेत्रका स्थानीयलाई रुसी सेनाको प्रतिकार गर्न र लड्न आह्वान गरे ।

    देशको पुर्ननिर्माण गर्ने वाचा गर्दै उनले भने, ‘हामी बाहिर जानुपर्छ र हाम्रो शहरहरूबाट यो खराबलाई हटाउनै पर्छ ।’ यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले निशस्त्र र तटस्थ युक्रेन चाहेको बताएका थिए ।-एजेन्सी

    २०७८, फाल्गुण २२ आइतवार०२:४४:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार