नेपाल बारमा एमाले विरुद्ध गठबन्धनको मोर्चाबन्दी, विच्किए रमण

नेपाल बारमा एमाले विरुद्ध गठबन्धनको मोर्चाबन्दी, विच्किए रमण

२०७८, फाल्गुण २३ सोमवार

  • 729
    SHARES

  • नेपाल बारमा एमाले विरुद्ध गठबन्धनको मोर्चाबन्दी, विच्किए रमण

    काठमाडौँ । नेपाल बार एसोसिएसनको चैत १९ गते हुने अधिवेशनमा सत्तारुढ गठबन्धनमा रहेका तीन दलले मोर्चाबन्दी गर्ने भएका छन् ।

    नेपाली काँग्रेस निकट कानुन व्यवसायी अध्यक्ष र नेकपा माओवादी केन्द्र निकट कानुन व्यवसायी महासचिव रहने गरी तीन दलले मोर्चावन्दीको निर्णय गरेका हुन् ।

    नेकपा एकीकृत समाजवादी निकट कानुन व्यवसायीले उपाध्यक्ष पद पाउनेछन् ।

    नेपाल बारको २५ सदस्यीय कार्यसमितिमा अध्यक्ष र कोषाध्यक्षसहित १५ जना काँग्रेसले पाउने गरी सहमति भएको जनाइएको छ । 

    माओवादी केन्द्र र एकीकृत समाजवादी निकट कानुन व्यवसायीले १० सिट भागबन्डा गर्ने सहमति भएको उनको दाबी छ ।

    स्रोतका अनुसार अध्यक्षमा सुनील पोखरेल र गोपालकृष्ण घिमिरेमध्ये एक जना उम्मेदवार बन्ने सम्भावना छ । बारका पूर्व महासचिव पोखरेल अघिल्लो अधिवेशनमा अध्यक्षमा पराजित भएका थिए ।

    अध्यक्ष पदका आकाङ्क्षी घिमिरे नेपाली काँग्रेसको निर्वाचन समितिका संयोजक हुन् । महासचिवमा माओवादी केन्द्र निकट अधिवक्ता दीनमणि पोखरेलले उम्मेदवारी दिने सम्भावना छ । बार एसोसिएसनको देशभर ११ हजार जना भन्दा बढी सदस्य रहेका छन् ।

    यता अध्यक्षका लागि चर्चामा रहेका माओवादी केन्द्र निकट रमण श्रेष्ठलाई कांग्रेस निकट डिएलएका वकिलहरुले नरुचाए पछि एमाले सँगको वार्तामा श्रेष्ठ रहेका बताइएको छ । यद्यपि प्रधानमन्त्री शेरवहादुर देउवा रमण श्रेष्ठसँग सकारात्मक रहेका बुझिएको छ । 

    २०७८, फाल्गुण २३ सोमवार०७:००:१०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार