रुसी हमलामा युक्रेनी विमानस्थलमा क्षति : जेलेन्स्की

रुसी हमलामा युक्रेनी विमानस्थलमा क्षति : जेलेन्स्की

२०७८, फाल्गुण २३ सोमवार

  • 817
    SHARES

  • रुसी हमलामा युक्रेनी विमानस्थलमा क्षति : जेलेन्स्की

    किभ । रुसी क्षेप्यास्त्रको निसानाले मध्य युक्रेनको भिनिट्सियामा रहेको एउटा विमानस्थल ध्वस्त भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार बताएका छन् ।

    रुसले ११ दिनयता आक्रमण सुरु गरेदेखि युक्रेनका थुप्रै सहर तथा हवाई अड्डाहरूमा बम विस्फोट, गोलाबारी वा ब्यालेस्टिक मिसाइलहरू प्रहार गरिएका छन् ।

    भिनिट्सिया मध्य युक्रेनको पश्चिमी क्षेत्रमा छ । यो रुस र बेलारुसको सिमानाभन्दा धेरै टाढा छ । यस क्षेत्रमा त्यस्तो हमला कम भएको छ ।

    विमानस्थलमा भएको आक्रमणपछि जेलेन्स्कीले रुसी आक्रमण रोक्न पश्चिमी शक्तिहरूले यहाँ उडान निषेधित क्षेत्र घोषणा गर्नुपर्ने आफ्नो मागलाई पुनः दोहोर्‍याएका छन् । 

    “हामी हरेक दिन दोहोर्‍याइरहेका छौँ, युक्रेनी आकाशलाई सहयोगी मुलुकहरूले उडान प्रतिबन्धको घोषणा गरून् । आकाशलाई सबै रुसी क्षेप्यास्त्र, रुसी युद्ध विमान र युक्रेनी पृथकतावादीहरूका लागि बन्द गरियोस् ।”

    उनले युक्रेनी आकाशलाई उडान निषेधित क्षेत्र घोषणा नगर्दा दैनिक दर्जनौँ युक्रेनी नागरिकले ज्यान गुमाउनुपरेको बताए । -रासस/एएफपी

    २०७८, फाल्गुण २३ सोमवार११:००:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार