सिरियामा विद्युतीय धरापमा पारेर १३ सैनिकको हत्या

सिरियामा विद्युतीय धरापमा पारेर १३ सैनिकको हत्या

२०७८, फाल्गुण २३ सोमवार

  • 717
    SHARES

  • सिरियामा विद्युतीय धरापमा पारेर १३ सैनिकको हत्या

    काठमाण्डौ । सिरियामा विद्युतीय धरापमा पारेर यहाँका कम्तीमा पनि १३ जना सैनिकको हत्या गरिएको बताइएको छ ।

    सिरियाली सैनिक सबार बस यहाँको मध्य प्रान्तीय प्रदेश होम्स सहरमा विद्युतीय धरापमा पारिएको थियो ।

    बस विद्युतीय धरापमा परेपछि त्यस बसमा रहेका १३ जना सैनिकको घटनास्थलमै ज्यान गएको बताइएको छ ।त्यस दुर्घटनामा परेर अरु कम्तीमा पनि १८ जना सैनिक घाइते भएका छन् ।

    घाइतेको अवस्था निकै गम्भीर रहेको पनि बताइएको छ । सो हमला कसले र किन गरेको हो भन्ने बारेमा केही खुलेको छैन ।

    प्रहरीले यस विषयमा अनुसन्धान थालिएको जनाएको छ । पछिल्लो समयमा यहाँ सुरक्षाकर्मीमाथि नै आतंककारीहरुले हमला गर्ने क्रम नरोकिएको बताइएको छ । एजेन्सी ।

     

    २०७८, फाल्गुण २३ सोमवार१२:४९:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार