नेपालगन्ज । राष्ट्रीय प्याब्सनको केन्द्रीय अध्यक्षद्धयमा पाण्डब हमाल र सुवास न्यौपाने निर्वाचित भएका छन् ।
फागुन २१ गतेबाट यहाँ जारी रहेको ७ औं महाधिवेशनले दुई अध्यक्ष मोडलमा हमाल र न्यौपानेलाई निर्वाचित गरेको हो ।
हमाल अघिल्लो महाधिवेशनमा अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष रितुराज सापकोटासँग झिनो मतान्तरले पराजित भएका थिए भने न्यौपाने महासचिव थिए ।
यो समाचार तयार पार्दा सम्म अध्यक्ष बाहेक अन्य पदाधिकारीको टुंगो लागिसकेको छैन । यद्यपि सबै पदहरुमा सहमतिकै आधारमा टुंग्याइने जनाइएको छ ।
त्यस्तै प्रदेश पदाधिकारीमा आकांक्षीहरु धेरै रहेकाले चुनाव हुुने सम्भावना रहेको बताइएको छ ।