नेकपा एमाले काठमाडौं वडा नं ३१ अध्यक्षमा यामलाल गौतम

नेकपा एमाले काठमाडौं वडा नं ३१ अध्यक्षमा यामलाल गौतम

२०७८, फाल्गुण २३ सोमवार

  • 3.0K
    SHARES

  • नेकपा एमाले काठमाडौं वडा नं ३१ अध्यक्षमा यामलाल गौतम

    काठमाडौं । नेकपा एमाले काठमाडौं वडा नं ३१ अध्यक्षमा यामलाल गौतम चयन भएका छन् । 

    आज सम्पन्न वडा कमिटीको छैठौँ सचिवालय बैठकले गौतमलाई अध्यक्षमा चयन गरेको हो । उनी यस अघि उपाध्यक्ष थिए । 

    वडा कमिटीकी निवर्तमान अध्यक्ष हुमा आचार्य जिल्ला कमिटी सदस्यमा निर्वाचित भएपछि सो पद खाली रहेको थियो । 

    एमाले केन्द्रीय कमिटी सदस्य एवं काठमाडौं जिल्ला सह- इञ्चार्ज रूप नारायण श्रेष्ठ, वाग्मती प्रदेश कमिटी सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य गणेश दुलाल, वाग्मती प्रदेश कमिटी सदस्य एवं कामपा-३१ का वडा अध्यक्ष नारायण भण्डारी, काठमाडौं जिल्ला कमिटी सचिव एवं वाग्मती प्रदेशसभा सदस्य राजेश शाक्य, काठमाडौं जिल्ला कमिटी सचिवालय सदस्य एवं काठमाडौं क्षेत्र नम्बर १ संयोजक धन बहादुर अछामी, काठमाडौं महानगर कमिटी सदस्य एवं कामपा-३१ इन्चार्ज रमेश सत्याल लगायतको उपस्थितिमा हुमा आचार्यलाई विदाई गर्दै गौतमलाई जिम्मेवारी प्रदान गरेको हो । 

    २०७८, फाल्गुण २३ सोमवार१०:१७:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार