ग्यास आपूर्ति बन्द गरिदिने रुसको चेतावनी

ग्यास आपूर्ति बन्द गरिदिने रुसको चेतावनी

२०७८, फाल्गुण २४ मंगलवार

  • 1.2K
    SHARES

  • ग्यास आपूर्ति बन्द गरिदिने रुसको चेतावनी

    काठमाण्डौ । रुसले पश्चिमा मुलुकहरूले आफ्नो तेलमाथि प्रतिबन्ध लगाए युरोपतर्फ ग्यास निकासी ठप्प पार्ने चेतावनी दिएको छ । रुसी उपप्रधानमन्त्री अलेक्जाण्डर नोभाकले राष्ट्रिय टेलिभिजनमार्फत यस्तो चेतावनी दिएका हुन् ।

    उनका अनुसार रुसी तेलमाथि प्रतिबन्ध लगाएको खण्डमा अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ दोब्बरभन्दा धेरै बढेर ३ सय डलर प्रतिब्यारेलसम्म पुग्नसक्ने उनको चेतावनी छ ।

    युक्रेनमाथि आक्रमण गरेको रुसलाई सजाय दिन भन्दै अमेरिकाले रुसी तेलमाथि प्रतिबन्ध लगाउनेबारे विचार गरिरहेको समाचार आइरहेका बेला रुसले चेतावनी दिएको हो ।

    ‘हामीसँग पनि यस्तै निर्णय लिई नोर्डस्ट्रिम ग्यास पाइपलाइनमार्फत जाने ग्यासमाथि नाकाबन्दी लगाउने सम्पूर्ण अधिकार छ ।’ उनले भने, ‘रुसी तेललाई अस्वीकार गर्दा विश्व बजारमा भयानक परिणाम आउने छ ।’

    यद्यपि जर्मनी र नेदरल्याण्ड्ससहितका युरोपेली देशहरुले अमेरिका अमेरिकी योजना अस्वीकार गरेको बीबीसीले जनाएको छ ।

    युरोपले आफूलाई चाहिनेमध्ये ४० प्रतिशत ग्यास र ३० प्रतिशत तेल रुसबाट आयात गर्छ । विश्व बजारमा तेलको भाउ अकासिएका बेला रुसबाट यस्तो प्रतिक्रिया आएको हो ।

    सोमबारमात्रै ब्रेन्ट क्रुडको बजारमा तेलको भाउ बढेर १३९ डलर प्रतिब्यारेलसम्म पुगेको थियो । -एजेन्सी ।

    २०७८, फाल्गुण २४ मंगलवार११:२६:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार