च्याम्पियन्स लिगमा लेवान्डोस्कीको सनसनी प्रदर्शन, २३ मिनेटभित्रै गरे ह्याट्रिक

च्याम्पियन्स लिगमा लेवान्डोस्कीको सनसनी प्रदर्शन, २३ मिनेटभित्रै गरे ह्याट्रिक

२०७८, फाल्गुण २५ बुधवार

  • 845
    SHARES

  • च्याम्पियन्स लिगमा लेवान्डोस्कीको सनसनी प्रदर्शन, २३ मिनेटभित्रै  गरे ह्याट्रिक

    च्याम्पियन्स लिगको खेलमा सुरुको २३ मिनेट भित्रै ह्याट्रिक गरेर रोबर्ट लेवान्डोस्कीले कीर्तिमान बनाएका छन् ।

    अन्तिम १६ को दोस्रो लेग अन्तर्गत मंगलबार राति घरेलु मैदानमा बार्यन म्युनिखले एफसी रेड बुल साल्जबर्गसँग प्रतिस्पर्धा गरेको हो ।

    बार्यनले साल्जबर्गलाई ७–१ ले पराजित गर्ने क्रममा लेवान्डोस्कीले ह्याट्रिक गरेका हुन् । उनले १२ र २१ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गरे ।

    त्यस्तै २३ औँ मिनेटमा तेस्रो गोल गरेर ह्याट्रिक पूरा गरे । उनी च्याम्पियन्स लिगमा सुरुको २३ मिनेट भित्र ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् ।

    बार्यनका लागि ग्नाब्री र सानेले एक–एक तथा मुलरले दुई गोल गरे । साल्जबर्गका लागि माउरिट्स केहागार्डले एक गोल फर्काए । समग्रमा ८–२ को जित निकालेको बार्यन म्युनिख च्याम्पियन्स लिगको अन्तिम ८ मा पुगेको छ । उसले पहिलो लेगमा १–१ को बराबरी खेलेको थियो । -एजेन्सी । 

    २०७८, फाल्गुण २५ बुधवार०७:१२:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार