काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज (बुधवार) बाट सुरु हुँदै छ। बैठक आज र भोलि बस्ने समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जनाकारी दिए।
बैठक बबरमहलस्थित कार्की ब्यांकेटमा ११ बजे बस्ने छ ।
बैठकले एमसीसी पारित भइसके पछिको परिस्थिति र सत्तागठबन्धनबारे छलफल हुने बताइएको छ।
आजको बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ। पोलिटब्युरो सदस्यहरूको सुझावसहित पेस हुने प्रतिवेदनमा राष्ट्रिय राजनीतिको समीक्षा र स्थानीय तह निर्वाचनको तयारी प्रमुख रहेको छ।
नेकपा एस जसरी पनि सत्तागठबन्धन जोगाउन चाहन्छ। आगामी निर्वाचनमा नेपाली कांग्रेसले चुनावी सहकार्य नगर्ने धारणा सार्वजनिक गरेपछिको बैठक भएकाले एसको बैठकलाई चासो पूर्वक हेरिएको छ ।