स्थानीय निर्वाचन विशेष 

फर्केर हेर्दा स्थानीय निर्वाचन २०७४ः काठमाडौं महानगरपालिका वडा नं ३१ मा कुन दलको अवस्था कस्तो ?

फर्केर हेर्दा स्थानीय निर्वाचन २०७४ः काठमाडौं महानगरपालिका वडा नं ३१ मा कुन दलको अवस्था कस्तो ?

२०७८, फाल्गुण २५ बुधवार

  • 1.3K
    SHARES

  • फर्केर हेर्दा स्थानीय निर्वाचन २०७४ः काठमाडौं महानगरपालिका वडा नं ३१ मा कुन दलको अवस्था कस्तो ?

    काठमाडौं । २०७४ को स्थानीय निर्वाचनमा काठमाडौं महानगपालिकाको वडा नं ३१ मा अध्यक्ष सहित ५ वटै पदमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जित हासिल गरेको थियो ।

    वडा अध्यक्षमा नारायण प्रसाद भण्डारी र सदस्यहरुमा रमेश सत्याल, सरोज ढकाल, हुमादेवी आचार्य र सान्नानी मिजार विजयी भएका थिए ।  

    अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नारायण प्रसाद भण्डारीले ४२९७ मत ल्याएर विजयी हुँदा नेपाली काँग्रेसका रविन्द्र बिक्रम राणाले ३४१६, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का बसन्त कुमार श्रेष्ठले १०६२ र राष्ट्रीय प्रजातन्त्र पार्टीका राम बहादुर तण्डुकारले ७६५ मत प्राप्त गरेका थिए । वडा अध्यक्षका लागि ९ जना उमेद्वारले प्रतिस्पर्धा गरेकामा स्वतन्त्र उमेद्वार रामजी प्रसाद प्याकुरेलले कुनैपनि मत प्राप्त गरेका थिएनन् । 

    त्यसैगरी खुला सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का रमेश सत्याल र सरोज ढकालले क्रमशः ४१८१, ४४८८ मत ल्याएर विजयी हुँदा नेपाली काँग्रेसका अशोक केसी खत्री र उज्वल कोईरालाले क्रमशः ३४०६ र ३१२३ मत प्राप्त गरेका थिए । त्यसैगरि, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का श्याम बहादुर महर्जन र कुमार अछामीले क्रमशः ८५२ र ८२८ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजु राजवाहक र सुमन रेग्मीले क्रमशः ७६३ र ६९२ मत प्राप्त गरेका थिए । २ खुला सदस्यका लागि स्वतन्त्र सहित विभिन्न पार्टीबाट १२ जनाको उमेद्वारी रहेको थियो । 

    त्यसैगरि महिला सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की हुमादेवी आचार्य ४२२१ मत ल्याएर विजयी हुँदा नेपाली काँग्रेसकी यशोदा शर्मा घिमिरेले ३५२४, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की शान्ता कुमारी बम्जन ९४९ र राष्ट्रीय प्रजातन्त्र पार्टीकी देवी थापाले ७४९ मत प्राप्त गरेकी थिइन् । खुला १ महिलाका लागि छ जनाले प्रतिस्पर्धा गरेका थिए ।

    त्यस्तै, दलित महिला सदस्य पदमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सान्नानी मिजारले ४१०६ मत ल्याएर विजयी हुँदा उनकी प्रतिद्धन्दी नेपाली काँग्रेसकी सम्झना अछामीले ३५१९, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की रुपादेवी बर्माले ९७७ र राष्ट्रीय प्रजातन्त्र पार्टीकी मालती बयलकोटीले ७८२ मत प्राप्त गरेकी थिइन् । १ महिला सदस्यका लागि ४ जनाको उमेद्वारी रहेको थियो । 

    २.३३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस वडामा महिला र पुरुष गरि ६६,१२१ जनसंख्या रहेको थियो । 

    २०७८, फाल्गुण २५ बुधवार०९:३२:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार