स्थानीय निर्वाचन विशेष

फर्केर हेर्दा स्थानीय निर्वाचन २०७४ः काठमाडौं महानगरपालिका वडा नं २९ मा कुन दलको अवस्था कस्तो ?

फर्केर हेर्दा स्थानीय निर्वाचन २०७४ः काठमाडौं महानगरपालिका वडा नं २९ मा कुन दलको अवस्था कस्तो ?

२०७८, फाल्गुण २५ बुधवार

  • 2.0K
    SHARES

  • फर्केर हेर्दा स्थानीय निर्वाचन २०७४ः काठमाडौं महानगरपालिका वडा नं २९ मा कुन दलको अवस्था कस्तो ?

    काठमाडौं । २०७४ को स्थानीय निर्वाचनमा काठमाडौं महानगपालिकाको वडा नं २९ मा अध्यक्ष सहित ५ वटै पदमा नेपाली काँग्रेसले जित हासिल गरेको थियो ।

    वडा अध्यक्षमा कुश ढकाल र सदस्यहरुमा अर्जुन बहादुर श्रेष्ठ, ईन्द्र कर्माचार्य, सुशिला ढकाल र संगिता पुजारी विजयी भएका थिए ।  

    अध्यक्षमा नेपाली काँग्रेसका कुश ढकालले १५४५ मत ल्याएर विजयी हुँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का ओम प्रसाद उप्रेतीले १०४३, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का रेवती प्रसाद दाहालले २२५ र राष्ट्रीय प्रजातन्त्र पार्टीका केदार शंकर प्रधानले १६१ मत प्राप्त गरेका थिए । वडा अध्यक्षका लागि ५ जना उमेद्वारले प्रतिस्पर्धा गरेकामा स्वतन्त्र चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएका एमाले नेता शिवराम राजवंशीले १४९१ मत प्राप्त गरि निकटतम प्रतिद्धन्दी बनेका थिए । 

    त्यसैगरी खुला सदस्यमा नेपाली काँग्रेसका अर्जुन बहादुर श्रेष्ठ र ईन्द्र कर्माचार्यले क्रमशः १८२०, १६३६ मत ल्याएर विजयी हुँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रमोद कुमार बाँस्कोटा र ओम कुमारी श्रेष्ठले क्रमशः १३१६ र १२०३ मत प्राप्त गरेका थिए । त्यसैगरि, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का दिनेश महर्जन र तलत अलि खाँ ले क्रमशः ४५० र ३३७ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोद केसरी अर्याल र कुमार खड्गीले क्रमशः २६८ र २६० मत प्राप्त गरेका थिए । २ खुला सदस्यका लागि स्वतन्त्र सहित विभिन्न पार्टीबाट १० जनाको उमेद्वारी रहेको थियो । 

    त्यसैगरि महिला सदस्यमा नेपाली काँग्रेसकी सुशिला ढकाल १७२० मत ल्याएर विजयी हुँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की तुलशी देवी राईले १५०२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की पुर्णा देवी महर्जन ३९८ र राष्ट्रीय प्रजातन्त्र पार्टीकी अन्जु पाण्डेले २५६ मत प्राप्त गरेकी थिइन् । खुला १ महिलाका लागि ५ जनाले प्रतिस्पर्धा गरेका थिए ।

    त्यस्तै, दलित महिला सदस्य पदमा नेपाली काँग्रेसकी संगिता पुजारीले १७६४ मत ल्याएर विजयी हुँदा उनकी प्रतिद्धन्दी नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सम्झना धन कुमारी विश्वकर्माले १४५५, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की मन्सा सिंह परियारले ४५८ र राष्ट्रीय प्रजातन्त्र पार्टीकी रेनु परियार (नेपाल) ले २३९ मत प्राप्त गरेकी थिइन् । १ दलित महिला सदस्यका लागि ४ जनाको उमेद्वारी रहेको थियो ।

    २०७८, फाल्गुण २५ बुधवार०८:३६:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार